Showing posts with label लेख रचना. Show all posts
Showing posts with label लेख रचना. Show all posts

'नेपालमा धार्मिक र जातिय सहिष्णुता'

आज भन्दा निकै समय पहिले नेपालको एकिकरण कर्ता पृथ्वीनारायण शाहले एक दिव्य बोली बोलेका थिए, "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर । तर नेपाल अब यसैमा मात्र सिमित रहेन । यो उक्ती कुन दृष्‍टिकोण र विचारबाट बोलेका थिय ती एक महान राष्ट्र निर्माताले जसले त्यो बेलाको नेपाललाई आजको नेपाल सम्म ल्याइपुर्याउन आफ्नो सम्पुर्ण जिवनकाल युद्दमै समर्पण गरेका थिय । नेपाल अहिले त्यहि अनुरुप अघि बढिरहेको छ तर ठीक विपरित उद्देस्य लिएर अर्थात एकिकरण पूर्वको अवस्था तिर ।

'चट्कनको चटारो सम्बिधानको झटारो'

वर्तमान नेपाल एक संकटग्रस्त राजतितिक अवस्थामा गुज्रिरहेको कुरा आम जनतामा दुई मत नहोला । उसोत इतिहासका विभिन्न कालखण्डमा पनि नेपालले यस्तै नियती भोग्दै आइरहेको छ । कहीले राजनैतिक, कहीले सामाजिक, कहीले धार्मिक इत्यादी । अझ भन्दापनी सवैभन्दा पछिल्लो नेपालको राजनैतिक अवस्था गन्तव्य विनाको यात्रा जस्तै भएको छ । हुनत गन्तव्य सम्विधान बनाउने र शान्ति प्रक्रिया टुङ्गो लगाउने हो । तर हरेक पटक तोकिएको मिती सारिन्छ भने यस्को गन्तव्य कस्ले ठोकुवा गर्न सक्छ ? यहि अवस्थाले गर्दा देशको अर्थतन्त्र नाजुक बन्दै गैरहेको छ भने शक्ति भन्दा बाहिरको शक्तिले शक्तिवालाको शक्ति हत्याउने प्रयत्न गरिरहेको छ । सम्विधान सभाको आयु सकिन थोरै दिन मात्र बाँकी हुँदा पनि राजनैतिक दलहरु आपसी सत्ताको लुछाछाडीमै अल्झिरहेका छन् भने भर्खर मात्र पूर्व पञ्चहरुले उनिहरुको पक्षबाट २०४७ सालको सम्विधान पुन:स्थापना भएको घोषणा गरे । यसले के देखिन्छ भने पूर्व राजसँस्थाका लाउकेहरुको दर्हो साँठ गाँठ वर्तमान राष्ट्रका टाउकेहरु सँग रहेको अनुमान गर्न सकिन्छ ।